२०८० कार्तिक ८ का समाचार
अक्टोबर २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फु बर्खास्त
सार्वजनिकरूपमा दुई महिनादेखि नदेखिएका चिनियाँ रक्षामन्त्री जनरल लि साङ्फुलाई बर्खास्त गरिएको छ । उनलाई के कारणले बर्खास्त गरिएको हो भन्नेबारे केही खुलाइएको छैन । दुई महिनादेखि सार्वजनिक कार्यक्रम...
पाँच-६ दिनमा कहाँ ट्रेकिङ जाने? यी हुन् १० उपयुक्त गन्तव्य
चार, पाँच वा ६ दिन समय मिलाउन सकिन्छ र ट्रेकिङ जान खोजिरहनुभएको छ? छ भने कहाँ जाने भन्ने भएको होला। तपाईंहरूलाई सहज होस् भनेर हामीले विभिन्न पर्यटन व्यवसायीहरूसँग कुराकानी गरेर पाँच दिनको ट्रेकि...
दसैँको टीका–जमरा आज पनि लगाइँदै
काठमाडौं । दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ । हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ । नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा...
बायर्नको जीतमा केन नायक
इस्तानबुल । ह्यारी केनले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दा बायर्न म्युनिखले गालातासारेमाथि च्याम्पियन्स लिगमा ३–१ गोल अन्तरको सहज जीत हासिल गरेको छ । खेलको आठौँ मिनेटमा किंग्...
च्याम्पियन्स लिग : बायर्न म्युनिखको अपराजित यात्रा कायमै
काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फूटबलमा समूह ‘ए’ को बायर्न म्युनिखले अपराजित यात्रा कायम राखेको छ ।
विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई एक सय ४९ रनको फराकिलो अन्तरले हरायो
काठमाण्डाै - आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बङ्लादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै दक्षिण अफ्रिका पाँच खेलमा ८ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसको ...
बेलिङह्यामको गोल वर्षा जारी, रियल विजयी
ब्रागा । जुड बेलिङह्यामले यो सिजन आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राख्दा रियल मड्रिडले च्याम्पियन्स लिग आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । मंगलबार भएको खेलमा रियलले स्पोर्टिङ ब्रागालाई २–१ गोलले...
च्याम्पियन्स लिग : वार्यन र रियल अपराजित, म्यानचेस्टर युनाइटेडको पहिलो जित
काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले गलातासरेमाथि शानदार जित निकालेको छ। गलातासरेको राम्स पार्कमा भएको खेलमा घरेलु टिम बायर्नसँग ३-१ ले पराजित हुनपुग्यो। पहिलो ल...
घरको कुन दिशामा कुन बिरुवा रोप्ने ?
अधिकांश घर वरिपरि विभिन्न प्रकारका फुलका बिरुवा लगाएको देखिन्छ । घर वरिपरि फूल तथा अन्य बिरुवा रोप्दा निकै सुन्दर देखिन्छ ।
लगानी संवाद, आइसिटी स्टार्टअप तथा इनोभेसन (विचार)
–नेत्र सुबेदी– भेला हुनु, मेला आयोजना गर्नु, हाटबजार सञ्चालन हुनु, नयाँ नयाँ विषयमा सोधपुछ गरी जानकारी हाँसिल हुनु, नवप्रवर्तनका लागि प्रोत्साहन गरिनु यी सबै राम्रा काम हुन् । समय परिवर्तनसँगै यस्...
चिनियाँ विदेशमन्त्री वाङ यी यही हप्ता अमेरिकाको भ्रमणमा जाने तयारी
चीनका विदेशमन्त्री वाङ यी यसै हप्ता अमेरिकाको भ्रमणमा जाने हुनुभएकाे छ । उहाँको भ्रमण आउँदो महिना क्यालिफोर्नियामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच हुन लागेको सम्भ...
‘चेक बाउन्स’ मुद्दाको चाप बर्सेनि दोब्बरले बढ्दै
काठमाडौँ । प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष...
दशैंमा बचेको जमरालाई स्वास्थ्यका लागि यसरी प्रयोग गर्नुस्
एजेन्सी । हामी सबै पोषणका लागि हरियो तरकारी तथा फलफूलहरू खान्छौँ । तर स्वास्थ्यका लागि जमरा पनि एकदमै फाइदाजनक हुन्छ । दशैंमा लगाउने जमराले दशैंको शोभा बढाउनका साथै स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ...
विश्वकपमा आज : अस्ट्रेलिया र नेदरल्यान्ड्स आमनेसामने
नयाँ दिल्ली । एकदिवसीय विश्वकप २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबिच खेल हुँदैछ । खेल दिउँसो २ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ । विश्वकपमा दुवै टोलीको यो पाँचौं खेल हुनेछ । अस्ट्...
पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति
म्याग्दी । मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध...
चीनका रक्षामन्त्री बर्खास्त
काठमाडौँ — सार्वजनिक मञ्चमा देखिन छोडेको दुई महिनापछि चीनले रक्षामन्त्री ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरेको छ । उनलाई हटाउनुको कारण खुलाइएको छैन । चीनले नयाँ रक्षामन्त्रीको हुने भन्ने घोषणा ...
पाँच जनाको पहलमा मानव सेवा आश्रमलाई भवन
गलकोट, कार्तिक ८ गते । पाँच जनाको पहलमा २०७३ चैत २१ गते आठौँं शाखाको रूपमा स्थापना भएको मानव सेवा आश्रम बागलुङ शाखाको अहिले आफ्नै भवन निर्माणको अन्तिम चरणमा छ । युनिटीलाईफको अलपत्र जग्गा सदुपयोग ग...
दशैँको टीकाको आज दोस्रो दिन, हिजो टीका लगाउन छुटेकाहरूले आज लगाउँदै
काठमाण्डाै - दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजन...
गुरुङ समुदायको पुर्ख्यौली पेशा जोगाउनै मुस्किल
खोटाङ — रावाबेसी गाउँपालिका–६ हौचुर चाँपखर्ककी ५५ वर्षीया खड्गकुमारी गुरुङले राडीपाखी उत्पादन गर्ने पेशा सुरु गरेको करिब चार दशक भयो । १७ वर्षको उमेरदेखि यो भेडाको ऊनबाट राडीपाखी उत्पादन सुरु गरेकी...
फाइनल प्रवेशका लागि मुलपानीमा हङकङ र यूएई प्रतिस्पर्धा गर्दै
त्रिदेशीय टी-२० शृङ्खलाको फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नका लागि आज हङकङ र यूएई भिड्दै छन्। काठमाडौंको मुलपानी क्रिकेट मैदानमा आज दिउँसो १ बजे हङकङ र यूएईको प्रतिस्पर्धा हुनेछ। लिग चरणको अन्तिम...
सन् २०३० सम्ममा विद्युतीय कार १० गुणा बढ्ने अनुमान
न्यूयोर्क । सन् २०३० सम्म पुग्दा संसार निकै फेरिसक्नेछ । अहिले विश्वभरका सडकमा जति विद्युतीय कार गुडिरहेका छन् सन् २०३० मा सोको १० गुणा पुग्नेछ । अन्तरराष्ट्रिय ऊर्जा निकाय (आईईए)ले मंगलबार यस्तो ब...
च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित
काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ । गएराति भएको समूह ‘बी’ को खेलमा घरेलु टोली सेभियालाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।
आज दशैंको दोस्रो दिन: टीका र जमरा लगाउने क्रम जारी
काठमाडौं । हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम आज बडादसैँको दोस्रो दिन पनि जारी छ । विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि ...
कैलालीमा भरुवा बन्दुकसहित एक पक्राउ
कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ । मंगलबार राती करिब ११ बजेको समयमा धनगढी उपमहानगरपालिका १३ बस्ने बर्ष ४२ को राम शरण रानालाई भरुवा बन्दुक सहित...
डिज्नीको भारतीय व्यवसाय किन्दै मुकेश अम्बानीको कम्पनी
मुम्बई । भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिजले अमेरिकी मनोरञ्जन कम्पनी वाल्ट डिज्नीको भारतीय व्यवसाय किन्न लागेको छ । रिलायन्सले नगद र शेयर दिएर करीब १० अर्ब डलरमा ड...
पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाण्डौ - आज पश्चिमी क्षेत्रमा उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् गंगा नगरकोटीका अनुसार पश्चिमी क्षेत्रका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको...
चीनको अध्ययन केन्द्र : जहाँ रोबोटले बनाइदिन्छ स्वादिलो कफी (तस्बिरहरू)
सूचना प्रविधिको क्षेत्रमा चीनले मारेको छलाङ अब विश्व समुदायका लागि नयाँ होइन। कम्प्युटर र मोबाइल फोनको माइक्रो चिप उत्पादनमा चीनको बढ्दो पकड विश्वले बुझिसकेको छ। तीव्र गतिमा आधुनिक प्रविधिको विकास...
सुशासन र विकासमा योग्य व्यक्ति केपी ओली नै हुन्ः शंकर पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य व्यक्ति पार्टी अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल, फेसबुकमा स्ट्याटस लेख्दै उनले अध्यक्...
राजावादीहरूले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छरे: पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनावश्यक भ्रम छर्ने काम भइरहेको दाबी गरेका छन् । अध्यक्ष ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रम फैलाइएपछि महासचिव पोखर...
जनकपुर रेल्वे स्टेशन क्षेत्रबाट पेस्तोल सहित युवती पक्राउ
जनकपुरस्थित रेल्वे स्टेशन आसपासबाट पेस्तोल सहित एक जना भारतीय युवती पक्राउ परेकी छन्। रेल्वे स्टेशनको सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बलको टोलीले भारतको बिहारस्थित लकीसराई ग्रामपञ्चायतकी पूजाकुमार...
इजरायलले माग्यो राष्ट्रसंघका महासचिवको राजीनामा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले इजरायल-हमास संघर्षबारे बोलेको कुरामा इजरायलले कडा प्रतिक्रिया व्यक्त गरेको छ। गुटेरेसले सात अक्टोबरमा इजरायलमाथि गरेको हमला अचानक वा अकारण नभएको बताए...
बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध (सूचनासहित)
स्थानीय प्रशासनले बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध गरेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै आज (बुधबार) बिहानदेखि दिउँसो १२ बजेसम्म मदिरा र मदिराजन्य बस्तुको बिक्री र...
नेपालीले वर्षमा कति खान्छन् मासु ?
काठमाडौँ । पछिल्ला वर्षमा नेपालमा पहिलेको दाँजोमा उपभोग्य मासुको उत्पादन र खपत बढ्दै गएको अधिकारी तथा व्यवसायीले बताएका छन् । उनीहरूका भनाइमा पछिल्लो समयमा औसत नेपालीहरूको आयमा देखिएको वृद्धिसँगै म...
३३ समाचार देखाइएको