२०८२ चैत ११ का समाचार
मार्च २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : लाजमर्दो जनमत आउँदा पनि शीर्ष नेता लिँदैनन् जिम्मेवारी, १७४ पालिकामा छैनन् हाकिम
काठमाडौा । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ‘बालेन सरकार’ गठन हुँदै गर्दा १७४ पालिकामा छैनन् हाकिम चैत १३ गते नेपालले नयाँ...

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि
काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्डफ्लु सङ्क्रमित भएको पुष्टि भएको छ । कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्र...

तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम
काभ्रेपलान्चोक । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वार्टरले काभ्रेपलान्चोकमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सूचकसम्बन्धी अभ्यास अभियानमार्फत तीन ...
कप्तान रोहित र उपकप्तान दीपेन्द्रसहित यी हुन् इयू टी-२० बेल्जियम खेल्ने नेपाली खेलाडी
१० चैत, काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ६ खेलाडीले खेल्ने पक्का भएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ७ नेपाली खेलाड...
मोहमद सालाहले लिभरपुल छाड्ने
११ चैत, काठमाडौं । इजिप्टियन स्टार मोहमद सालाहले सन् २०२५–२६ सिजनपछि लिभरपुल छाड्ने भएका छन् । क्लबले एक स्टेटमेन्ट जारी गर्दै सालाहको ‘गौरवपूर्ण यात्रा’ अन्त्य हुने बताएको हो । फरवार्ड सलाह र क्ल...

श्रीलङ्कामा इन्धन र ऊर्जा बचतका नयाँ निर्देशिका जारी
मध्यपूर्वमा बढ्दो तनावका कारण इन्धन आयातमा सम्भावित अवरोधहरू आउन सक्ने अवस्थामा श्रीलङ्काको प्रमुख आवाश्यक सेवा कार्यालयले सरकारी निकायहरूका लागि इन्धन र ऊर्जा बचतसम्बन्धी निर्देशिका जारी गरेको छ ।...

अझै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर
काठमाडौँ । नेपालमा ४२ प्रतिशत क्षयरोगका बिरामी उपचार बाहिर रहेको पाइएको छ । मंगलबार विश्व क्षयरोग दिवस मनाइरहँदा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा भुवन पौडेलले नेपालमा बर्सेनि ६७ हज...

कम्दी जैविक मार्गमा वन्यजन्तुको वासस्थान सुधार कार्यक्रम
नेपालगन्ज । बाँकेको कम्दी जैविक मार्ग (करिडोर) मा रहेका १८ वटा सामुदायिक वन र दुई वटा चक्ला वनमा वन्यजन्तुको वासस्थान सुधार कार्यक्रम सुरु गरिएको छ । जिल्ला वन डिभिजन कार्यालय, बाँकेले इलम परियोजन...
मोहम्मद सलाहले गरे लिभरपुल छाड्ने घोषणा
काठमाडौँ । लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहले यो सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन् । इजिप्टका ३३ वर्षीय अन्तर्राष्ट्रिय खेलाडी सलाहले सामाजिक सञ्जालमा एक भिडियो सन्देशमार्फत आफ्नो न...

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन
अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरहेको एक नयाँ प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार सङ्घी...

पुरानो दिल्लीका ऐतिहासिक घरहरूः पुनरुत्थान र क्षयबीचको सङ्घर्ष
एक समय मुगल युगका कुलीनहरूको भव्य निवास भएका हवेली घरहरू अहिले पुरानो दिल्लीमा पुनरुत्थान र भग्नावशेषबीचको नाजुक अवस्थामा छन् । कतिपयलाई प्रेमपूर्वक मर्मत गरिए पनि धेरै संरचनाहरू क्रमिक क्षयको बाटो...

अमेरिका र इरानबिच मध्यस्थता गर्न पाकिस्तान तयार छ: सहबाज
पाकिस्तानले अमेरिका-इजरायल र इरानबिच जारी युद्ध रोक्न मध्यस्थता गर्न तयार रहेको बताएको छ। पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले सामाजिक सञ्जाल प्लाटफर्म एक्समार्फत मध्यपूर्वमा जारी द्वन्द्व समाधा...

ट्रम्प र मोदीबीच फोनमा कुराकानी, यस्तो छ भारतको अडान
विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र पश्चिम एसियामा जारी तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ। इरान र इजरायलबीचको द्वन्द्वले विश्व...

लारिजानीको ठाउँमा इरानले नियुक्ति गर्यो नयाँ सुरक्षा प्रमुख
इजरायलको आक्रमणमा अली लारिजानी मारिएपछि इरानले नयाँ सुरक्षा प्रमुख नियुक्त गरेको छ। मोहम्मद बागेर जोल्घादरलाई इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को नयाँ सचिव नियुक्त गरिएको हो। फारसीका अनुसा...

अफगानिस्तानद्वारा पक्राउ परेका अमेरिकी नागरिक रिहा गर्ने घोषणा
अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदक...

रविलाई तारेखबाट उन्मुक्ति, अब कास्की धाउनु नपर्ने
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नियमित रूपमा अदालत उपस्थित भई तारेख बुझ्नु नपर्ने आदेश दिएको छ। मंगलबा...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मङ्गलब...

‘वैकल्पिक बाटोबाट सांसद हुँदै मन्त्री बन्ने कल्पना गर्न सकिँदैन’
उज्यालो नेपाल पार्टी(उनेपा) का अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टा...

'युद्धविराम' को मुद्दामा इरानका विदेशमन्त्रीले चीनलाई के भने?
चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग कुराकानी गरेका छन्, जसले इरान युद्धविरामको लागि तयार रहेको बताएका छन्, तर केवल अस्थायी युद्धविरामको लागि मात्र होइन। चिनियाँ सरकार...

तीन वटा फर्मलाई जरिवाना
काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागका अनुसार दशरथ ग्रोसरी प्रालि इमाडोललाई रु ५० हजार, शाह ए...

के अमेरिका र इरान साँच्चै वार्ता गरिरहेका छन्?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग "धेरै बलियो वार्ता" भएको दाबी गरेका छन्। तर अहिलेसम्म, सफलताको संकेत कमै मात्र देखिएको छ। इरानले अझै पनि संयुक्त राज्य अमेरिकालाई पूर्ण रूपमा विश्वास गर...

एक वर्षभन्दा बढी समयपछि तालिबानद्वारा अमेरिकी नागरिक रिहा
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको दबाबका बीचमा अफगान तालिबानले एक वर्षभन्दा बढी समयसम्म बन्धक बनाएर राखेका एक अमेरिकी नागरिकलाई रिहा गरेको छ। ६४ वर्षीय डेनिस वाल्टर कोयल अफगानिस्तानमा भाषा अनु...

इजरायली हमलामा लारीजानीको मृत्युपछि जोलकद्रको प्रवेश, ईरानको सुप्रीम सुरक्षा परिषदमा नयाँ सचिव नियुक्त
अमेरिका–इजरायलसँगको युद्धबीच, ईरानले मोहम्मद बाकिर जोलकद्रलाई सुप्रीम नेशनल सेक्युरिटी काउन्सिल (एसएनएससी)को नयाँ सचिव नियुक्त गरेको छ। उनी अली लारीजानीको स्थानमा आएका हुन्, जसको इजरायली हमलामा मृत...

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…
भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो र १९ जना घाइते भए । नेपाल रेडक्रस सोसाइटीको टोलीले सडकमै...

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौँलगायत केही जिल्लामा वर्षा भएको छ। काठमाडौँमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्क...

भारतीय सर्वोच्च अदालतको फैसलाः धर्म परिवर्तन गरे अनुसूचित जाति दर्जा समाप्त हुने
भारतको हिन्दू, सिख र बौद्ध धर्मका व्यक्तिहरूले मात्र अनुसूचित जाति दर्जा प्राप्त गर्न सक्ने फैसला गरेको छ । मंगलबार अदालतले यदि कसैले ईसाई धर्म वा अन्य कुनै धर्ममा धर्म परिवर्तन गर्छ भने उनीहरूले आ...

तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्षलाई एक वर्ष कैद
तीन लाख घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचारी ठहर भएका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो । मंगलबार विशेष अदालतका न्यायाधीशत...

अमेरिकी डलरको भाउ सामान्य घट्यो, अरु विदेशी मुद्राको अवस्था कस्तो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (चैत ११)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ सामान्य रूपमा घटेको छ । युरोपियन यूरो, यूके पाउन्...
सर्वोच्चका कारण अन्योलमा रविको शपथ र गृहमन्त्रीको यात्रा
काठमाडौं । सर्वोच्च अदालतमा विचाराधीन एउटा रिट निवेदनका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पदको शपथग्रहण अन्योलमा पर्ने देखिएको छ । सर्वो च्च अदालतले...

बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र ११ गते । बुधबार । इस्वी सन् २०२६ मार्च २५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४७ । चैत्र शुक्लपक्ष । तिथि–सप्तमी, २...

फिलिपिन्समा ऊर्जा आपतकाल घोषणा
मध्यपूर्वमा जारी युद्धको प्रभाव एसियासम्म फैलिँदै जाँदा फिलिपिन्समा ऊर्जा आपतकाल घोषणा गरिएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यकारी आदेश जारी गर्दै देशको इन्धन आपूर्ति र ऊर्जा ...

ज्येष्ठ सदस्य केसीले आज पद तथा गोपनीयताको शपथ लिँदै
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (बुधबार) प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्या...
३२ समाचार देखाइएको