२०८० माघ १ का समाचार
जनवरी १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
११ दिनमै कुवेतले किन गर्यो १४ सय विदेशीलाई देश निकाला ?
काठमाडौं । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लंघनकर्ता...
धादिङको मझिमटारमा माघे संक्रान्तिको दिन एकाबिहानैसुख्खा पहिरो, केही सवारीमा क्षतिको आशंका (भिडियोसहित)
धादिङ- माघे संक्रान्तिको दिन एकाबिहानै धादिङको मझिमटारमा सुख्खा पहिरो जाँदा दुईतर्फी सवारी अवरुद्ध भएको छ । राजमार्ग निर्माणको क्रममा काटिएको पहाड खसेर सुख्खा पहिरो जाँदा राजमार्गको करिब डेढ सय मि...
प्रदीप खड्का टिम अन्यौलमा
काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री आना शर्मालाई लिएर नयाँ चलचित्र ‘एक्टर’को निर्माण यसैसाता घोषणा गरिएको छ । तर ‘एक्टर’ नाममै नयाँ चलचित्र निर्माण भएको छ । यो चलचित्रको दुई दिन अघि सेन्सर ...
पोखराबाट कन्दराको सांगीतिक यात्रा सुरु
पोखरा । पचासको दशकमा नेपालका विभिन्न भागमा थुप्रै कन्सर्ट गरेको कन्दरा ब्याण्डले गृहनगर पोखरामा अहिलेसम्मकै ठूलो कन्सर्ट गरेको छ । शुक्रबार राति नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा लिड भोकलिष्ट विवेक...
जनताको फाइल पेन्डिङमा, सांसदको तुरुन्त सिफारिस !
विराटनगर । सङ्खुवासभा सभापोखरीका महेन्द्रकुमार जोगी चार वर्ष अगाडिदेखि क्यान्सर रोगले पीडित छन् । उनलाई क्लासिकल होजकिन लिम्फोमा नामक क्यान्सरले आक्रमण गरेको थियो । त्यसको उपचारको क्रममा धेरै रकम...
हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स
काठमाडौँ । यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ । एक लाख दुई हजार थान लाइसे...
हुँदैन सडक सुरक्षा परीक्षण
काठमाडौँ, माघ १ गते । सडक दुर्घटनाको छानबिन गर्न सरकारले समिति बनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा सडक दुर्घटना छानबिन समिति गठन ग...
भिनिसियसको ह्याट्रिकमा रियललाई सुपर कप
रियाद । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले बार्सिलोनालाई हराउँदै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । आइतबार राति भएको खेलमा रियल ४–१ गोलले विजयी बनेको हो । ब्राजिलियन विंगरले स...
साढे दुईतले घर बनाउन कति चाहिन्छ गिटी-बालुवा, कति हुन्छ खर्च?
घर निर्माणमा गिटी-बालुवा अत्यावश्यक मानिन्छ। गिटी-बालुवा नभइ आरसिसी (पक्की) घर निर्माण गर्न सकिँदैन। तपाईंहरूमध्ये धेरैलाई घर बनाउँदा कति गिटी-बालुवा चाहिन्छ र त्यसमा खर्च कति लाग्छ भन्ने जिज्ञासा...
पश्चिमी वायुको आंशिक: तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, पाँचमा हिमपात हुने
आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महा...
पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी
काठमाडौँ । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले दे...
निकुञ्जभित्र चल्ने सवारी साधन अवैध
वसन्त पराजुली सौराहा,माघ १ गते । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा समेत सफारीमा चल्ने सवारी साधन अवैध रूपमा स्वरूप परिवर्तन गरेर सञ्चालनमा ल्याइने गरिएको पाइएको छ । त्...
इटालियन सिरी ए : रोमामाथि एसी मिलानको सहज जित
काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । गएराति भएको खेलमा रोमालाई ३–१ गोलले हराउँदै मिलान विजयी भएको हो ।
दुर्गममा चिकित्सकलाई प्रोत्साहन भत्ता
राममणि दाहाल हेटौँडा, माघ १ गते । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवामाथि नागरिकको पहुँच वृद्धिसँगै विशिष्टीकृत सेवा सहज रूपमा प्रदान गर्न नयाँ कार्यक्रमसहित प्रयास सुरु गरेको छ । प्रदेशका नागर...
आधा खाएको जुठो स्याण्डविचको मूल्य १६ करोड रुपैयाँ !
एउटा स्याण्डविचको मूल्य १६ करोड रुपैयाँ पर्छ भन्ने कुरा सायद कोही पनि पत्याउँदैन । अझ कसैले खाएर जुठो पारेको स्याण्डविच त सित्तैमा पनि लैजाने कुरा भएन । तर यदि तपाईं पनि यही सोंच्दै हुनुहुन्छ भने ग...
बिपी प्रतिष्ठानमा ओपिडी सेवा बन्द
धरान समाचारदाता धरान, माघ १ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शिक्षक, चिकित्सकको अन्तर्वार्ता नियमित नभएपछि आइतबारदेखि पुनः ओपिडी सेवा बन्द भएको छ । पछिल्लो समय बिपी कोइराला...
पूर्वी तथा मध्य क्षेत्रमा वर्षाको सम्भावना, पश्चिम हिमाली क्षेत्रमा हिमपात
काठमाडौं । आज मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली हुने छ । बाँकी भू–भागको मौसम मुख्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पीएम कपमा आज तीन खेल हुदै
काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैछन् ।
थारू समुदायले आज माघी पर्व मनाउँदै
थारू समुदायले सोमबार माघी पर्व मनाउँदैछन्। अधिकांश थारू कृषि पेसामा आबद्ध भएका र उनीहरू पहिले माघ महिनामा बाली भित्र्याउने गर्थे। माघमा सबै काम सकेर नयाँ अन्न खाने गरिन्थ्यो। जसका कारण माघीलाई नया...
माघे संक्रान्तिको अवसरमा बेत्रावतीमा गोरु जुधाइको तयारी
रसुवा- माघे संक्रान्तिमा हरेक वर्ष गोरु जुधाउने मेला हुँदै आएको रसुवा र नुवाकोटको संगम स्थल बेत्रावतीमा यस बर्ष नौ हल गोरु जुधाइने भएको छ । आज माघ १ गते हुने गरेको मेलामा रसुवाको बेत्रावती रसुवा र...
सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने बेलायतको मौसम विभागको चेतावनी
बेलायतको मौसम विभागले सन् २०२४ मा पृथ्वीको तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष घोषणा भएकोमा सन् २०२४ मा विश्वको तापक्रम झनै बढ्ने विभागले जनाएको हो । सन् २०२४ मा पृथ्...
कस्तो हुनुपर्छ सन्त ?
स्वामी विवेकानन्द सिकागो धर्म सम्मेलनमा वक्ताका रूपमा सहभागी हुन जाने निश्चित भएपछि उनी यात्राको तयारीमा जुटे । यात्रामा जाने दिन नजिकिँदै गर्दा एक दिन उनी आफ्ना गुरु स्वामी रामकृष्ण परमहंसकी धर्मप...
भलामखोरका घरघरमा धारा
पोखरा- पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ। एक करोड १९ लाख ३२ हजार ८०० रुपैयाँको लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई प...
स्पेनमा नेपालीहरूको परिवार पुनःमिलन भिसाको सहजीकरणमा चासो
काठमाडौँ — स्पेनमा नेपालीहरूको परिवार पुनःमिलन भिसाको सहजीकरणमा चासो राखिएको छ । स्पेनका लागि नेपालको राजदूत शर्मिला पराजुली ढकालले स्पेनको आन्तरिक मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्धको महानिर्दे...
एम्बाप्पेको गोलमा पीएसजीलाई ८ अंकको अग्रता
पेरिस । किलियान एम्बाप्पेले सिजनको १९ औँ गोल गर्दा पेरिस सेन्ट जर्मेनले लिग वानको तालिकाको शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा पीएसजीले १० खेलाडीमा सीमित लेन्सलाई २–० गोल...
राष्ट्रिय योग दिवसले यस्तो सन्देश दिन सकोस्
तत्कालीन सरकारको २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै शिक्षा मन्त्रालयलाई जिम्मेवारी सुम्पेसँगै राष्ट्रिय योग दिवस मनाउन थालिएको ...
उन्मुक्तिको अध्यक्ष बनेका चौधरीको वैधानिकतामा प्रश्न
काठमाडौँ — हत्या अभियोगमा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कैद माफी पाएपछि रिहा मात्रै भएनन्, उनलाई नागरिक उन्मुक्ति पार्टीको पहिलो अधिवेशनले अध्यक्ष चयन गर्यो ...
स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडलाई
काठमाडौँ– स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको फाइनल खेलमा बार्सिलोनालाई ४–१ गोलले हराउँदै रियलले उपाधि जितेको हो ।
सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदै
१ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ‘नरहरि’ पर्व मनाइँदैछ । माघेसङ्क्रान्तिलाई सुदूरपश्चिममा नरहरि पर्वका रुपमा मनाउने चलन रहेको छ । नरहरिमा कागलाई सेलरोटी र अन्य मीठो परिकार खुवाउने चलन रहेको...
विपक्षीको मोर्चाबन्दी नहुँदा कोशीमा पनि सत्तापक्षलाई सहज
काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनमा विपक्षी दलबीच मोर्चाबन्दी नहुँदा सत्ता गठबन्धन सात वटै प्रदेशमा बलियो देखिएको छ । कोशी प्रदेशमा एमाले, राप्रपा र स्वतन्त्रको मत एक ठाउँमा हुँदा सत्ता गठबन्धनका उ...
आजबाट पुनः काठमाडौँमा मेलम्चीको पानी आउने
आज काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज पुनः मेलम्चीको पानी पथान्तरण गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ९ बजे सिंहद...
६ महिनामा सरकारको आम्दानी पाँच खर्ब १८ अर्ब, नौ दिनमा ९३ अर्बको राजस्व संकलन
पछिल्लो नौ दिनमा मात्रै ९३ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस २० गतेदेखि २९ गतेसम्म ९३ अर्ब ३१ करोड २४ लाख रूपैयाँको ...
प्रधानमन्त्री कप क्रिकेट: आज तीन खेल हुने
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९:१५ ब...
अझै अशान्त सेती खोंच
माघे संक्रान्तिका दिन ७२ जनाको ज्यान जाने गरी यती एअरलाइन्सको विमान दुर्घटना भएको पोखरा, सेती खोंच आसपासका बासिन्दा अझै पनि जहाजको आवाजले झस्किने गरेका छन्। माघे संक्रान्ति मनाउन पोखरा र आसपासका ब...
पश्चिम नेपालमा भूकम्पपछिको पुनर्निर्माणको लागत साढे ७२ अर्ब
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका १७ जिल्लामा भूकम्पपछिको पुनर्निर्माणका लागि ७२ अर्ब ४५ करोड ८९ लाख बजेट चाहिने प्रतिवेदन तयार पारेको छ । प्राधिकरणले जाजरको...
३५ समाचार देखाइएको