२०८० साउन १६ का समाचार
अगस्त १, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दूध उत्पादक किसानलाई अनुदान
मध्यविन्दु- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १० अनुदान दिने भएको छ। किसानलाई प्रोत्साहन गरी पालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्य...
पुल भत्किँदा सर्वसाधारणलाई सास्ती
घोराही उपमहानगरपालिका–१८ रझेना र बालुवाटार जोड्ने खारखोला माथिको भत्किएको पुल। पुल भत्किँदा यो सडक भएर हिँड्ने सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Aug 0...
मंगलबार : गणेशलाई यसरी खुसी बनाउन सकिन्छ
काठमाडौं – मंगलबार गणेश भगवानको बार हो। गणेश भगवानलाई सिद्धी दिने वीर भगवानको रुपमासमेत लिने भएकाले गणेश भगवानको नाममा व्रत बस्ने, मन्दिर धाउने गर्छन्।
सिन्धुपाल्चोकको धापमा भारी वर्षा, मेलम्ची बजारलगायत तटीय क्षेत्रमा सतर्क रहन आग्रह
काठमाडौं । सिन्धुपाल्चोक, भक्तपुर र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोकको धापस्थित वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मेलम्ची र इन्द्...
सामाजिक सञ्जाल नियमन गृहकार्यमा सरकार
काठमाडौँ, साउन १६ गते । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आ...
आहा, सिमकोट विमानस्थल
काठमाडौं– हुम्ला जिल्लाको सिमकोटमा अवस्थित सिमकोट विमानस्थल एउटा आन्तरिक विमानस्थल हो । समुन्द्र सतहबाट २८ सय १८ मीटरको उचाइमा रहेको यो विमानस्थलको रनवे लम्बाई ५४९ मीटर छ । रनवे भर्खरै सुधार तथा व...
फोहोर व्यवस्थापन गर्न कानुन तयार गरिँदै
काठमाडौँ, साउन १६ गते । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गएपछि सहरी क्षेत्रका फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि कानुन निर्माण गरिने भएको छ। उत्पादन हुने क्षेत्रमा वर्गीकरण...
महिनावारी सुरू हुने र रोकिने उपयुक्त समय कुन हो? (भिडिओ)
महिनावारी सुरू हुने उपयुक्त समय भनेको ११ देखि १५ वर्षको उमेरमा हो। तर अहिले वातावरणीय परिवर्तन, पर्याप्त पोषणयुक्त खानाले अलि चाँडो हुन थालेको छ। कोही ९ वर्षकै उमेरमा पनि महिनावारी हुन्छन्। नेपालक...
सिन्धुपाल्चोकका केही ठाउँमा भारी वर्षा, मेलम्ची र इन्द्रावतीमा बाढीको चेतावनी
काठमाडौं। सिन्धुपाल्चोकको धाप क्षेत्र वरपर भारी वर्षा भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, संसद चल्ने–नचल्ने एमालेमा निर्भर
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
प्रेरक प्रसंग : धक्का दिने को हो ?
कुनै समय एउटा सहरमा एकजना धनी मानिस बस्थे । उनको अनौठो सोख थियो । उनले आफ्नो घरको हाताभित्र बनाएको एउटा ठूलो स्विमिङ पुलमा ठुल्ठूला गोही, सर्प आदि पालेका थिए । एकपटक उनले आफ्नो घरमा ठूलो भोजको आयोज...
जहाँ न्यायपरिषद्मै संविधान हेरिन्न
प्रधानन्यायाधीश प्रमुख रहने यो परिषद्को बैठक रोकाएको सरकारमै पदासीनले हो, अर्थात् कानुनमन्त्री धनराज गुरुङ परिषद् बैठक बसाल्न प्रधानन्यायाधीशले गरेको ताकेता पन्छाइरहेका छन्। देशको सर्वाेच्च न्याया...
इंग्ल्यान्डको सनसनीपूर्ण जितले एसेज सिरिजमा बराबरी
काठमाडौँ — इंग्ल्यान्डले पाँचौं तथा अन्तिम टेस्टमा सोमबार अस्ट्रेलियालाई ओभलमा ४९ रनले पराजित गर्दै एसेज सिरिजमा २–२ को बराबरी गरेको छ । अस्ट्रेलिया अन्तिम दिन नाटकीय पतनको सिकार भएपछि इंग्ल्यान्डक...
मनसुनमा सरदरभन्दा कम वर्षा, तराईमा मध्यमदेखि अधिक खडेरी
काठमाडौं । यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा भएको छ । मनसुनको जारी सिजनमा देशभरका २० वटा वर्षा मापन केन्द्रमा गरिएको मापनअनुसार यो वर्ष औसतभन्दा कम वर्षा भएको पाइएको हो । यस वर्षको मनसुन अवधिमा...
संघीय शिक्षा ऐन नआउँदै चौतर्फी विरोध : ‘हाई अलर्ट’मा रहन राहत शिक्षकलाई ‘सर्कुलर’
काठमाडौँ । २०२८ सालमा तत्कालीन राजा महेन्द्रको पालामा शिक्षा ऐन बनेको थियो । हालसम्म त्यही ऐनले नेपालको शिक्षा संरचना चलिरहेको छ । ५२ वर्षपछि बल्ल नयाँ शिक्षा ऐन ल्याउने तयारीमा सरकार रहेको छ । स...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रसारण गरिने, पाँच मिनेट बोल्न दिइने
‘नेताहरूले बैठकमा एउटा कुरा गर्ने मिडिया तथा सामाजिक सञ्जालमा अर्को कुरो बोल्दा कतिपय अवस्थामा राजनीतिक जटिलता आउने भएकाले बैठकलाई लाइभ गर्ने निर्णय पारित गरिएको हो।’ काठमाडौं : साउन १७ गते बुधबा...
माओवादी विधान सम्मेलन तयारी
वीरेन्द्र ओली काठमाडौँ, साउन १६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आगामी मङ्सिरमा विधान सम्मेलन गर्ने गरी गृहकार्य थाल्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्ट...
द एसेज शृङ्खलाको अन्तिम खेलमा पुनरागमनसँगै इङ्ल्यान्डको जित : शृङ्खला २–२ को बराबरी
काठमाण्डाै - इङ्ल्यान्डले द एसेजको अन्तिम तथा पाँचौँ खेलमा अस्ट्रेलियालाई ४९ रनले हराएको छ । पुनरागमन जितसँगै पाँच खेलको शृङ्खला २–२ को बराबरीमा सकिएको छ । तर साविक विजेता हुँदा अस्ट्रेलियाले द एस...
दक्षिण कोरियाली पानीजहाज कम्पनीमा श्रमिकलाई अवसर
काठमाडौँ, साउन १६ गते । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ का लागि भाषा परीक्षाको आवेदन खुलेको छ । सो...
आईटी सेवा निर्यातबाटै वार्षिक ६७ अर्ब आम्दानी
काठमाडौँ — नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिमार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भइरहेको एक अध्ययनले देखाएको छ । यसबाट नेपालको द्र...
कोशीमा सभामुखलाई राजीनामा गराएर सरकार बनाउने दाउ
मोरङ — सभामुखको आसनबाटै समर्थन गरेर कोशीमा बनाइएको सरकारलाई सर्वोच्च अदालतले गैरसंवैधानिक भनेर खारेज गरिदिएपछि नयाँ सरकार बनाउन पनि फेरि सभामुखलाई प्रयोग गर्ने खेल चलेको छ । केन्द्रको कांग्रेस–माओव...
अधिमास पूर्णिमामा गर्नुहोस् यी उपाय, प्राप्त हुनेछ माता लक्ष्मीको आशीर्वाद
काठमाडौं,१६ साउन । आज १ अगष्ट २०२३ मंगलबार । हिन्दु पात्रो अनुसार अगस्ट १ मास पूर्णिमा हो । अधिकार मासलाई मल मास र पुरुषोत्तम मास पनि भनिन्छ । यो महिना संसारको रक्षक भगवान श्री हरि विष्णुलाई समर्पि...
गृहमा कांग्रेसबाट समीम र श्रममा जनमतकी सिंह बने मन्त्री
मधेस । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले गृह तथा सञ्चारमन्त्रीमा नेपाली कांग्रेसका सप्तरीका मोहम्मद समीम र श्रम तथा यातायात मन्त्रीमा जनमत पा...
मनीष थाइल्यान्डको लिग खेल्ने दोस्रो नेपाली खेलाडी
राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर मनीष डाँगी थाइल्यान्डको दोस्रो श्रेणीको क्लबमा आबद्ध हुने दोस्रो नेपाली खेलाडी बनेका छन् । थाइल्यान्डको दोस्रो डिभिजन क्लब रायोङ फुटबल क्लबले सोमबार सोसल मिडियाबाट ...
कसरी चिन्ने विषालु च्याउ?
हरेक वर्ष वर्षात्को समयमा जङ्गलबाट ल्याएको च्याउ खाएर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन्। कसरी चिन्ने विषालु च्याउ? घाँस काटेर फर्किएपछि रोल्पाको लुङ्ग्री गाउँपालिका-५, बुझिङकी २६ वर्षीया विमला...
प्रतिनिधिसभा बैठक बस्दै, आफ्नो अडानबाट पछि हट्ला एमाले ?
काठमाडौं, साउन १६ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षक...
जिट्कोमार्फत श्रमिक पठाउने प्रक्रिया प्रभावकारी हुन सकेन
काठमाडौँ, साउन १६ गते । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी श्रमिक पठाउने प्रक्रिया प्रभावकारी हुन सकेको छैन । वैदेशिक रोजगार विभागले जिट्कोमार्फ...
एचबीओको युफोरिया सिरिजका अभिनेता क्लाउडको निधन
एजेन्सी। एचबीओको हिट सिरिज युफोरियामा अभिनय गरेका एङ्गस क्लाउडको २५ वर्षको उमेरमा निधन भएको छ ।
६८ अर्बको सूचना प्रविधि सेवा निर्यात
नेपालका सूचना प्रविधि कम्पनीहरूले एक वर्षमा ५१ करोड ५४ लाख अमेरिकी डलरबराबरको सेवा निर्यात गरेका छन् । सोमबारको विनिमय दरअनुसार यो करिब ६७ अर्ब ९८ करोड रुपैयाँ हो । सन् २०२२ मा नेपाली कम्पनीहरूको स...
प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसूची यथावत रहने
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर प...
विश्व खाद्य कार्यक्रमलाई आर्थिक अभाव : खाद्यान्नसहित अन्य सहयोग रोकिँदा करोडौँ व्यक्ति भोकमरीको जोखिममा
संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले आर्थिक अभावका कारण विश्वभर नै सहयोग कटौती गर्न बाध्य भएको जनाएको छ । पर्याप्त सहायता रकम नपाउँदा विश्वभर खाद्यान्न र अन्य सहयोग कटौती ...
महिला विश्वकपमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स भिड्दै
फिफा महिला विश्वकप फुटबलमा आज पनि चार वटा खेल हुने भएका छन् । समूह डी र ईका समूह चरणका खेल हुने छन् । समूह ई का खेलहरु नेपाली समय अनुसार पौने १ बजे सुरुहुने छ । यो समूहमा पोर्चुगल र अमेरिका तथा भि...
निजी स्वार्थमा सीटीईभीटीले भर्नाबारे रडा मच्चाइयो : परिषद्का उपाध्यक्ष अधिकारी
काठमाडौं । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीचको लफडा चर्किरहेको छ । यो विषयमा चिकित्सा शिक्षा सुधारक अभियन्ता प्राडा गोविन्द केसीले आन्दोलनको चेतावनी नै दिएका छन...
राष्ट्रिय गौरवका आयोजनाः १० वर्ष बित्दापनि सम्पन्न हुँदैन काम
ढोरपाटन, साउन १६ गते । बागलुङ तीन मुख्य राजमार्गले जोडिएको छ । पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी करिडोर र तराई–पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले जिल्लाका अधिकांश ...
गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा
२० असार, दाङ । दाङको देउखुरीस्थित गढवा गाउँपालिका पूर्णखोप सुनिश्चित गाउँपालिका भएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममा सो घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समित...
३५ समाचार देखाइएको