२०८० मंसिर २६ का समाचार
डिसेम्बर १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काठमाडौं महानगरमा बिचौलियामार्फत भ्रष्टाचार
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा बिचौलियाले कर्मचारीलाई मिलाएर भ्रष्टाचार गर्ने गरेको सेवाग्राहीले गुनसो गरेका छन् । विशेषगरी नक्सापास, ठेक्कापट्टा, नक्सा शाखा, अनुदान शाखालग...
राष्ट्रिय सभा सदस्य निर्वाचनः कांग्रेस, माओवादी र एकीकृत समाजवादीको अध्यक्षमा दाबी
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि सत्तारूढ दलभित्र सहमति जुट्न सकेको छैन । सत्तारूढ दलभित्र रहेका प्रमुख तीन पार्टीले अध्यक्ष पाउनुपर्ने भन्दै आआफ्नै रणनीतिअनुसार अगाडि बढेका छन् । नेपाली ...
अनौठो सिंहराज
जंगलमा बस्ने मांसहारी जनावरमा सबैभन्दा शक्तिशाली जनावर सिंहलाई मानिन्छ । सिंह बथानमा बस्छ । सिंहले मासु आहार मात्र गर्दैन, बरू निश्चित जंगली चरनभरि शासन पनि गरिहेको हुन्छ । सिंहको एक बथान रहेको जं...
युवा पलायनको डरलाग्दो अवस्था
राष्ट्रिय जनगणना, २०७८ सालको अन्तिम नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। नतिजाअनुसार कुल जनसंख्याको करिब ३६ प्रतिशत जनसंख्या १५ देखि ३५ वर्ष उमेर समूहका रहेको जनाइएक...
राजतन्त्रको ऐठन र एमालेको संकल्प यात्रा !
यतिबेला इतिहास भइसकेको राजतन्त्रको पुनः चर्चा अघि सारिएको छ । यसो त बेचिइसकेको पशु पनि पहिलाभन्दा कमसल भकारो परेछ भने बेलाबेला भागेर पुरानै भकारोमा जाने गर्छ । यसो नगरोस् भन्न उसलाई रत्तिनेगरी खान,...
मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौँ- आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प...
आइसियुमा रहेका बिरामीलाई सकेसम्म नभेटौं, किन? (भिडिओ)
क्रिटिकल केयर भन्नाले गम्भीर बिरामी भएकाहरूलाई दिइने उच्चतम सुरक्षा र उपचार हो। एक वा धेरै अंगमा कुनै पनि किसिमिको अस्वस्थता भएका बेलामा आवश्यक हेरचाह गर्नुलाई क्रिटिकल केयर भनिन्छ गम्भीर संक्रमण...
थाइल्यान्डको रोजगारी म्यानमारमा ठगी !
काठमाडौँ, मङ्सिर २६ गते । प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा गोरखा धार्चे–४ की कविता गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गुरुङलाई काठमाडौँको बागबजारबाट पक्...
आइरहन्छ सुन, छिरिरहन्छ सुन
सुन होस् या जुनसुकै वस्तुको अवैध आयात वा कारोबारलाई राज्यले कडाइपूर्वक नियन्त्रण गरेर थिति बसाल्नुपर्छ। किलोका किलो सुनको अवैध आयात नियमित आकस्मिकता जस्तो भएको छ। गएका १० वर्षमा मात्रै ७ क्विन्टलभ...
अस्पतालद्वारा मृत्यु घोषणा नगरेको दाबी
सचिन पोख्रेल इटहरी, मङ्सिर २६ गते । विराटनगरस्थित मेट्रो न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भए भनिएका इनरुवा–३ का ४५ वर्षका प्रताप सदा मुसहर जीवित पाइएको विषयलाई लिएर सो अस्पतालका तर्फबाट सदाक...
पहिचान फेर्दै हरवाचरवा
सप्तरी- केही वर्ष अघिसम्म दुई छाक टार्न धौधौ हुने सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारकी ललितादेवी सदालाई पछिल्लो समय परिवार चलाउन कुनै समस्या छैन। पुँजीको आभावमा आर्थिक उन्नति गर्नसमेत सोच नबनाएकी ...
यू–१९ एसिया कप : नेपाल र भारत भिड्दै
एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज मंगलबार नेपाली युवा टोलीले भारतको सामना गर्दैछ। दुबईको आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल बिहान सबा ११ बजे सुरु हुनेछ। समूह चरणका दुई खेलम...
‘चुरेको बालुवा—गिट्टी निर्यात गर्ने विधेयक फिर्ता होस्’
काठमाडौं : जनता समाजवादी पार्टीले चुरेको भावर क्षेत्रबाट ढुंगा, गिट्टी र बालुवा निकासीका लागि प्रतिनिधि सभामामा पेस गरेको विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ। पार्टी कार्यालय बालकुमारीमा सोमबार...
आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी
२५ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को अक्सनमा नेपालबाट कुनै पनि खेलाडी समावेश भएका छैनन् । बीसीसीआईले सोमबार अक्सनका लागि सार्वजनिक गरेको ३३३ खेलाडीको सूचीमा नेपाली क्रिकेटरको...
रामग्राममा सात हजार दीप प्रज्वलन
भुवन कार्की नवलपरासी, मङसिर २६ गते । बुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राम स्तुपमा सोमबार साँझ विश्व शान्तिको कामना गर्दै एक हजार ११२ शान्तिदीप क्यान्डिल र सात हजार दीप प्रज्वलन गरिएक...
कपाल काट्न कुन बार शुभ हुन्छ ?
हिन्दु धर्मशास्त्र अनुसार साताको केही बारलाई कपाल काट्न वा नङ, दाह्री काट्न बन्देज लगाइएको छ । तर कुनै बारलाई अत्यन्तै शुभ मानिएको छ ।
स्रोत शिक्षक पठाउँदै महानगरपालिका
काठमाडौँ, मङ्सिर २६ गते । सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा गुणस्तर उकास्न काठमाडौँ महानगरपालिकाले स्रोत शिक्षक परिचालन गर्ने भएको छ । महानगरभित्रका सामुदायिक विद्याल...
एनसेलविरुद्ध अमरेशको रिटमा आज सुनुवाइ
काठमाडौँ । एनसेलविरुद्ध सांसद डा अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपार...
१९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक
काठमाण्डाै - १९ वर्षमुनिको विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह 'डी'मा परेको छ । यो समूहमा न्युजिल्याण्ड...
कर्मचारीले रुचाएनन् दुर्गम र मधेश
काठमाडौँ, मङ्सिर २६ गते । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेता...
पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालबाट १० खेलाडी
२६ मंसिर, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका १० खेलाडी समावेश भएका छन् । पाकिस्तान सुपर लिगले सोमबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा विभिन्न क्याटेगोरीमा नेपाली रष्ट्रिय क...
प्रधानमन्त्रीलाई संसदीय समितिहरूको ताकेता, सरकार आलटाल गर्दै
काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर बिक्री प्रकरणप्रति संसदीय समितिहरूको चासो बढ्दै गएको छ। प्रतिनिधि सभाको अर्थ समिति र सार्वजनिक लेखा समितिले एनसेल प्रकरणबारे अध्ययन गर...
भारतको सामना गर्दै अंकबिहीन नेपाल
काठमाडौं । एसिसी यू–१९ एसिया कप अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । संयुक्त अरब इमिरियट्स (युएई)मा जारी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । स...
ईपीएस कार्यालयमा पाँच दिनदेखि प्रदर्शन, धर्ना जुलुस नगर्न कार्यालयको आग्रह
काठमाण्डाै - ललितपुरको ग्वार्कोमा रहेको ईपीएस शाखा कार्यालयमा पाँच दिनदेखि प्रदर्शन भएको छ । ईपीएस शाखा कार्यालयले मेनुफेक्चर अर्थात् औद्योगिकतर्फ निकालेको आवेदनमा सीप बिल्डिङतर्फको परीक्षामा अनुत...
संसद् महासचिवमा पाण्डेय सिफारिस
काठमाडौँ, मङ्सिर २६ गते । सङ्घीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय सिफारिस हुनुभएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको परामर्शमा पाण्डेयलाई महासचिव नियुक्त...
खुसी हाम्रै हातमा छ
मनोविज्ञानकी एक प्राध्यापकले कक्षाकोठामा पानीले भरिएको एउटा गिलास लिएर आइन् । उनले विद्यार्थीहरूलाई गिलास देखाउँदै सोधिन्, ‘के तिमीहरूमध्ये कसैले मलाई बताउन सक्छौ, यो गिलासको वजन कति छ ?’ जवाफ दिन...
एनसेलको अति घाटा ‘अतिरञ्जित’
सार्वजनिक स्तरमा व्यापक विरोध हुन थालेपछि सरकारले एनसेलको सेयर बिक्री अध्ययन तथा छानबिन समिति बनाएको छ। काठमाडौं : एनसेलको कौडीको भाउमा किनबेचलाई त्यसका सञ्चालकले ‘अति धेरै घाटा’ भनेका छन्। तर, तथ...
किन काला हुँदैछन् सेताम्मे हिमाल?
गण्डकी- ‘विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ,’ विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा घनश्याम गुरुङले भने, ‘जल...
धुव्रे हात्तीको दाह्रा निकालेर रेडियोकलर जडान, निगरानी गर्न सजिलो हुने
काठमाण्डाै - चितवनमा बस्तीमा पसेर आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ध्रुवेको दाह्रा निकालेर रेडियोकलर जडान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुखीभार क्षेत्रको घाँसे मैदानमा हिजो हात्तीलाई डार्...
‘रुसी सेनामा हुनेको तथ्याङ्क सङ्कलन हुँदै छ’
काठमाडौँ, मङ्सिर २६ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करिब दुई सय नेपाली रुसी सेनामा भर्ती भएको प्रारम्भिक जानकारी प्राप्त भएक...
एनसेल खरिद-बिक्री प्रकरण : सम्झौताका कागजात दिइहाल्न प्राधिकरणको पुनः ताकेता
काठमाडौँ — कानुनी रूपमा पूर्वस्वीकृति नलिई सेयर स्वामित्व खरिद–बिक्री गरिएको विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई स्पष्टीकरण मागेपछि एनसेलले स्वीकृतिका लागि यथाशीघ्र उपलब्ध गरा...
जलविद्युत उत्पादनमा निजी क्षेत्रको फड्को
निजीक्षेत्रले जलविद्युत् उत्पादन गर्न थालेको झन्डै तीन दशकमा कुल जडित क्षमताको ७६ प्रतिशतभन्दा धेरै बिजुली उत्पादन गर्दै आइरहेको छ । निजी क्षेत्रले छोटो समयमै २१ सय मेगावाटभन्दा धेरै बिजुली उत्पादन...
जाजरकोट भूकम्पः रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन
रुकुमपश्चिम, मङ्सिर २६ गते । गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा २५ हजार लाभग्राहीको सङ्ख्या यकिन भएको छ । जिल्लाका छवटै पालिका...
एससी अण्डर १९ : नेपाल जित्नै पर्ने दबाबमा
काठमाडौं । एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा नेपाल आज जित्नै पर्ने दबाबमा छ । समूह चरणको अन्तिम खेलमा आज नेपाल र भारत भिड्दै छन् । नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी भएकाले नेपालका ला...
३४ समाचार देखाइएको